काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नु पर्ने बताएका छन् । "/>

अहिले नारा जुलुस गर्ने समय होइन–प्रधानमन्त्री

अहिले नारा जुलुस गर्ने समय होइन–प्रधानमन्त्री


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नु पर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्र्तक्रिया गर्दै उनले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताए ।

“ प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो ”, प्रधानमन्त्रीले भने– “यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।” उनले अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको बताए ।

“अहिले उपचारका लागि अर्बौ रकम दाबी गरिएका बिलहरु आएका छन् ।” ओलीले भने “ चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन्, जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ ।”

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्र्तक्रियामा अधिकांश सांसदले कोरलाबाट त्रिवेणी–सुस्ता जोड्ने सडकका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधीन अवस्थामा रहेकाले सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ लगायत गण्डकी प्रदेशका सांसदको सहभागिता थियो ।
रासस

Logo