विश्वकपको नकआउट चरणमा अर्कै रङ्को बल खेलिंदै

विश्वकपको नकआउट चरणमा अर्कै रङ्को बल खेलिंदै


चालु विश्वकपको समूह चरण खेलमा एडिडासको कालो र सेतो रङको बल प्रयोग भइरहेको छ । प्रिक्वार्टर फाइनलमा फुटबल समर्थकले मैदानमा खेलाडीले नयाँ बल खेल्दै गरेको देख्न पाउने भएका छन् । यो समूह चरणको बलभन्दा भिन्न रङको हुनेछ । फिफाले नकआउट चरणदेखि सेतो र रातो रङको बल प्रयोग हुने जनाएको छ ।

फिफाको विश्वकप पार्टनर एडिडासले रातो रङको बलको मजा खेलाडीले लिने दाबी गरेको छ । एडिडासले रातो र सेतो रङ राख्नुको कारणबारे आयोजक रसियाको संस्कृति भएको जनाएको छ । रातोले आयोजक रसियाको संस्कृति झल्काउँछ । रसियामा हरेक ठुल्ठूला काम गर्दा रातो रङ नै प्रयोग हुन्छ । यसकारण विश्वकपको नकआउट चरणमा रातो रङको बल प्रयोग गर्न लागेको एडिडासले जनाएको छ ।

सेतो रङले फुटबल खेलबाट संसारमा शान्ति छाउने सन्देश दिने जनाइएको छ । नकआउट चरणमा प्रयोग हुने बलको नाम टेलस्टार मेचता हो । समूह चरणमा प्रयोग भएको बलको नाम टेलस्टार १८ थियो ।

Logo