काठमाडौं
रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा बुधबार (आज) पनि ४ खेलहरू हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन् । "/>

विश्वकप विशेष : आज ब्राजिल र सर्बियाको भिडन्त

विश्वकप विशेष : आज ब्राजिल र सर्बियाको भिडन्त


काठमाडौं
रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा बुधबार (आज) पनि ४ खेलहरू हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

यो समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र स्विडेनको समान ३–३ अंक छ । कोरियाको भने अघिल्लो चरणको सम्भावना न्यून छ । ३ वटा राष्ट्र मध्ये २ राष्ट्र अघिल्लो चरणमा प्रवेश गर्नेछन् । यही समूहमा रहेको साविक विजेता जर्मनीलाई अघिल्लो चरणमा प्रवेश गर्न जितेर मात्र पुग्दैन अरु खेलमा पनि निर्भर हुनु पर्नेछ ।

जर्मनी उद्घाटन खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा स्विडेनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको थियो । कोरिया पहिलो खेलमा स्विडेनसँग १–० र दोस्रो खेलमा मेक्सिकोसँग २–१ ले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह एफकै मेक्सिको र स्विडेन भिड्नेछन् । यो खेलमा मेक्सिको विजयी भए वा बराबरीमा रोकिए पनि समूह विजेता बन्नेछ । तर पराजित भए अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

त्यस्तै अर्को खेलमा राती ११ः४५ मा समूह ‘इ’ का स्विट्जरल्याण्ड र कोस्टारिका आमने सामने हुनेछन्। कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ भने अघिल्लो चरणमा प्रवेश गर्न स्विट्जरल्याण्डलाई यो खेल जित्नै पर्ने दबाब छ । यो समूहमा ब्राजिल र स्विट्जरल्याण्डको ४–४ अंक भएपनि गोल अन्तरका आधारमा ब्राजिल अगाडि छ ।

स्विट्जरल्याण्ड पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरीमा रोकिदा दोस्रो खेलमा सर्बियालाई २–१ ले पराजित गरेको थियो । कोस्टारिका भने पहिलो खेलमा सर्बियासँग १–० र दोस्रो खेलमा ब्राजिलसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यता ११ः४५ मै हुने आजको अर्को खेलमा ब्राजिल र सर्बिया खेल्दैछन् । अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीलाई जित आवश्यक छ ।

१३ असारको तालिका यस्तो
साँझ ७ः४५, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विजरल्याण्ड र कोस्टारिका , पाँचौं समूह

 

Logo