काठमाडौँ

मेलम्ची खानेपानी आयोजना निर्माण ठेकेदार कम्पनी सिएमसी रेभिना क्षतिपूर्ति वापत दाबी गरेको दिन र रकमको प्रमाण पेश गर्न असफल भएको छ । "/>

मेलम्चीका ठेकेदार सिएमसी माग दाबी गर्न असफल

मेलम्चीका ठेकेदार सिएमसी माग दाबी गर्न असफल


काठमाडौँ

मेलम्ची खानेपानी आयोजना निर्माण ठेकेदार कम्पनी सिएमसी रेभिना क्षतिपूर्ति वापत दाबी गरेको दिन र रकमको प्रमाण पेश गर्न असफल भएको छ । आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति ‘डिस्प्युट बोर्ड’ को शुक्रबारको सुनुवाईमा सिएमसीले विविध कारणले पाँच सय ४० दिन लम्बिएको र सो वापत आफूले एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने भनी गर्दै आएको दाबीमा पर्याप्त प्रमाण पेश गर्न नसकेको पाइएको हो ।

यसअघि विभिन्न सातवटा मुद्दा उक्त बोर्डमा पेश भएका थिए । सात मध्ये पाँचवटामा उसले नेपाल सरकारबाट क्षतिपूर्ति वापत अर्बौं भुक्तानी लिइसकेको छ । शुक्रबार बिहान साँढे आठ बजे सुरु भएको बोर्डको सुनुवाई साँझ साँढे पाँच बजे सकिएको थियो । बोर्डमा मेलम्ची आयोजनाका तर्फबाट एक, सिएमसीका तर्फबाट ठेकेदार र उनीहरू दुवैको सिफारिसबाट नियुक्त हुने एकजना विज्ञ रहन्छन् । बोर्डमा नेपाली प्रतिनिधि लेखमानसिंह भण्डारी छन् भने अरु दुवै ब्रिटिस नागरिक छन् । बोर्डको सुनुवाईमा नेपाल सरकारका तर्फबाट एकजना वकिल प्रस्तुतिका लागि राखिन्छ ।

सुनुवाईमा ठेकेदार र सरकारले आ–आफ्नो तर्फबाट दाबी र प्रमाण पेश गरेपछि लामो समय बहस भएको थियो । सुनुवाईमा सहभागी वरिष्ठ कानुन अधिकृत सुनिता चौधरीले ठेकेदारले बोर्डमा विगत देखि गर्दै आएको पाँच सय दिन र सो वापतको क्षतिपूर्ति एक अर्ब ६५ करोड रुपैयाँका लागि प्रमाण पेश गर्न नसकेको जानकारी दिइन् । प्रमाण ल्याऊ क्षतिपूर्ति वापतको रकम भुक्तानी लैजाऊ भन्दा ठेकेदारले बोर्डको सुनुवाईमा पेश गर्न नसकेको उनको भनार्इ छ ।
अन्नपूर्णबाट

Logo