काठमाडौँ

यस वर्षको मनसुन शुक्रबारबाट पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्ष १२ जुनमा प्रवेश गरेको मनसुन यस वर्ष भने चार दिन अघि नै नेपाल प्रवेश गरेको हो । "/>

यस वर्षको मनसुन पूर्वी नेपालबाट प्रवेश

यस वर्षको मनसुन पूर्वी नेपालबाट प्रवेश


काठमाडौँ

यस वर्षको मनसुन शुक्रबारबाट पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्ष १२ जुनमा प्रवेश गरेको मनसुन यस वर्ष भने चार दिन अघि नै नेपाल प्रवेश गरेको हो । नेपालमा सामान्यतया १० जुनमा मनसुन प्रवेश गरी २३ सेप्टेम्बरमा सकिन्छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहन थालेको मौसमविद सुवास रिमालले बताए । ‘पूर्वी नेपालबाट मनसुन प्रवेश गरे पनि जलवाष्पयुक्त हावा ‘नर्मल’ खालको देखिएको छ ।’ मौसमविद रिमालले भने, ‘अघिल्ला वर्षको भन्दा जलवाष्पयुक्त हावा राम्रो देखिन्छ ।’ पूर्वी नेपालमा जलवाष्पयुक्त हावा पृथ्वी देखि तीन किलोमिटर माथि देखिने गरेकोे रिमालले बताए ।

देशैभर मनसुन सक्रिय हुन एक साता सम्म लाग्ने उनको भनार्इ छ । नेपालमा मनसुन पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम नेपाल सम्म पुग्छ । मनसुनको अन्त्य पश्चिम नेपाल हुँदै पुनः पूर्वी नेपाल पुगी अन्त्य हुन्छ । नेपालमा मनसुनका वेला ८० प्रतिशत सम्म वर्षा हुन्छ । बाँकी अन्य समयमा पर्ने गर्छ ।
नयाँ पत्रिकाबाट

Logo