काठमाडौं

डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्व सहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला लगायत कैद जीवन बिताइरहेका छन् । "/>

के गर्दैछन् डिल्लीबजार कारागारमा रहेका भिआईपी कैदीहरु ?

के गर्दैछन् डिल्लीबजार कारागारमा रहेका भिआईपी कैदीहरु ?


काठमाडौं

डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्व सहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला लगायत कैद जीवन बिताइरहेका छन् । जेल पर्नु अघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना सुनाइएका पूर्वआइजिपी राणा झन्डै एक वर्ष देखि जेलमा छन् । कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन् । सशस्त्रका पूर्वडिआइजी रञ्जन जेलमा पनि सन्की व्यवहार देखाउँछन् । घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे । अर्का गुन्डा नाइके गणेश लामाको व्यवहार भने भद्र छ । रेशम चौधरी जेल छिर्दा उत्साहित थिए, तर अहिले निराश बन्दै गएको जेलका कर्मचारी बताउँछन् ।

चार रोपनी क्षेत्रफल फैलिएको डिल्लीबजार कारागारमा अहिले पाँच सय ४९ कैदी बन्दी छन् । कारागारका प्रमुख अरुण पोखरेलका अनुसार थोरै कैदी र पायक पर्ने ठाउँमा भएकाले भिआइपीले सो कारागार रोज्ने गरेका हुन् । ‘रत्नपार्कबाट कम समयमा पुग्न सकिन्छ । आन्तरिक व्यवस्थापन पनि राम्रो छ । कैदी बन्दीको संख्या पनि थोरै छ, त्यसैले यता सहज भएको हुनसक्छ’, पोखरेलले भने । कैदीका रुपमा भित्र आएपछि नेपाल सकारको नियमका अतिरिक्त आन्तरिक व्यवस्थापनको नियम समेत मान्नु पर्ने भएकाले बाहिर भिआइपी देखिए पनि कैदीको स्तर भने समान हुने उनको भनाइ छ । सबै पूर्वभिआइपी सामान्य कैदीका रुपमा रहेको कारागार प्रमुख पोखरेलको दाबी छ ।
नागरिकबाट

Logo