काठमाडौँ

आईपीएल क्रिकेटमा प्रभावशाली प्रर्दशन गरेका लेगस्पिनर सन्दीप लामिछानेको बिदाइ गरिएको छ । "/>

वेस्ट इन्डिज विरुद्धको मैत्रीपूर्ण २०–२० क्रिकेट खेल्न सन्दीप इङ्गल्याण्ड प्रस्थान

वेस्ट इन्डिज विरुद्धको मैत्रीपूर्ण २०–२० क्रिकेट खेल्न सन्दीप इङ्गल्याण्ड प्रस्थान


काठमाडौँ

आईपीएल क्रिकेटमा प्रभावशाली प्रर्दशन गरेका लेगस्पिनर सन्दीप लामिछानेको बिदाइ गरिएको छ । विश्व–११ टिमबाट वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण २०–२० क्रिकेट खेल्न उनी मंगलबार इङ्गल्याण्ड गएका हुन् । क्रिकेटको मक्का मानिने लर्डस मैदानमा हुने खेलका लागि आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेलमा मैदान उत्रिएका सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएपछि उनी विश्व–११ मा पनि पर्न सफल भए ।

‘ठूलो प्लेटफर्ममा जान पाउँदा खुसी नै भइन्छ, मैले आईपीएलमा आफूलाई सिद्ध गर्न सकेँ, जसले गर्दा ३ करोड नेपालीको शिर उँचो बनाएको छु,’ सन्दीपले भने । उनले भने, ‘आईपीएल र विश्व–११ मेरा लागि फरक फरक फर्मयाट भए पनि समानता धेरै छ । युवा खेलाडीहरूका लागि त्यस्तो प्लेट फर्ममा खेल्न पाउनु नै ठूलो सफलता हो ।’ नेपाल अहिले एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएको छ ।

नेपालले उमेर समूहमा भारतसँग खेलिसकेको छ । त्यसैले नेपाली क्रिकेटबारे उनीहरू स्पिन जानकार रहेको सन्दीप बताउँछन् । उनीहरूले म त्यहाँ पुग्दा एकदिवसीय मान्यता पाएकोमा बधाई पनि दिए ।
राजधानीबाट

Logo