यसरी भाइरल बने सन्दिप लामिछाने (भिडियो रिपोर्ट)

यसरी भाइरल बने सन्दिप लामिछाने (भिडियो रिपोर्ट)


काठमाडौं महानगरले गरेको नागरिक अभिनन्दन ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेट खेलाडी सन्दिप लामिछानेको नाम लिए । नाम लिए मात्र होइन, आइपिएलवाट नेपाली खेलाडीले भारतसँग सम्बन्ध राख्न सकेकोमा गौरव समेत ब्यक्त गरे । मोदीले सभागृहवाट सन्दिपको नाम लिएको केही घण्टापछि रोयल च्यालेन्जर बैंङलोर (आरसिबि) विरुद्धमा पहिलो पटक उनी मैदानमा उत्रिए । र, ओपनर ब्यट्स् मेनलाई नै पेवेलियन फर्काइदिए । अर्थात उनले आम अपेक्षालाई साकार पार्दै ठूलो विकेट लिए । सायद यो उनले लिएको जीवनकै सवैभन्दा ठूलो विकेट हो ।

टिम दिल्लीवाट आइपिएलको डेब्यू खेलमा नै विकेट लिन सकेकोमा सवैभन्दा धेरै खुसी उनी आफैं भए । उनले खुसी ब्यक्त गर्दानगर्दै उनको खेल कौशल देखेर संसार एकै पटक खुसी भयो । २९ बैशाखको राती सामाजिक सञ्जाल मार्फत उनी एकै पटक भाइरल बने । भाइरल भइसक्दा उनी आरसिबिका क्याप्टेन विराट कोहली विरुद्ध संघर्ष गर्दै थिए ।

सन्दिपको पहिलो बलमा आरसिबिका पार्थिव पटेलले १ रन लिए । दोस्रो बलमा रन दिएनन् । तेस्रो बलमा फेरि १ रन, चौथो बलमा फेरि रन दिएनन् र पाँचौ बलमा चार रन दिए । पहिलो ओभरमा उनले जम्मा ६ रन दिए ।

आफ्नो दोस्रो र टिमका लागि तेस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा विराट कोहलीलाई रन दिएनन् । दोस्रो बलमा १ रन दिए । त्यसपछि स्ट्राईकमा पटेल आए । उनलाई सन्दिपले ४ रन दिए तेस्रो बलमा । चौथो बलमा भने उनले विराट कोहलीको पाटनर अर्थात पटेललाई पेवेलियनको बाटो देखाइदिए । एउटा भयंकर विकेट उखेल्न सकेकोमा उनी र उनको टिमका साथै सम्पूर्ण नेपालीहरु एकैपटक खुसी भए । उनका शुभचिन्तक र फ्यानहरु हतारहतार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउन सक्रिय भए । दिल्ली हार्नुको कारण सन्दिपलाई मैदानमा नउतारेर हो भन्ने एकथरी भारतीयहरुकै समीक्षा समेत सार्वजनिक भयो ।

जम्मा ४ ओभर बलिङ गरेका लामिछानेले २५ रन दिएर १ विकेट लिए । ६ दशमलव २५ को ईकोनोमीमा उनले २ चौका र १ छक्का दिए । विकेट लिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा सन्दिप एकै पटक मुख्य शीर्षक बने । संयोग मान्नुपर्छ उक्त खेलमा कमेन्ट्री गर्न माईकल काल्र्क पुगेका थिए । जो सन्दिपको आदर्श व्यक्ति हुन् । (हेर्नुहोस् भिडियोमा)

 

Logo