काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । "/>

मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने

मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने


काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यस मध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । गृह मन्त्रालयका अनुसार उनीहरू हतियार सहित रहनेछन् ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियार सहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा सुरक्षाकर्मी हतियारसहित खटिनु सामान्य प्रक्रिया हो । नेपालबाट अन्य मुलुक भ्रमण गर्ने क्रममा पनि यस्तो हुन्छ । अहिले हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भ्रमणका क्रममा पनि यस्तै भएको हो ।
नयाँ पत्रिकाबाट

Logo