काठमाडौँ

फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद स्वतः निलम्बनको प्रावधान संसद नियमावलीमा राख्न माग गर्दै सत्तासीन दलकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । "/>

निलम्बन माग्दै सत्ता पक्षबाटै संशोधन दर्ता

निलम्बन माग्दै सत्ता पक्षबाटै संशोधन दर्ता


काठमाडौँ

फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद स्वतः निलम्बनको प्रावधान संसद नियमावलीमा राख्न माग गर्दै सत्तासीन दलकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद नियमावली पारित गर्ने कार्यसूचीको अघिल्लो दिन (मंगलबार) एमाले प्रतिनिधिसभाका तीन सांसदले संसद सचिवालय पुगी नियमावलीमा संशोधन दर्ता गराएका हुन् ।

सांसदहरू दामोदर भण्डारी, नरबहादुर धामी र भैरवबहादुर सिंहले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । यसअघि फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद निलम्बन नहुने प्रावधानमा मस्यौदा समितिमा सहमति जुटेको थियो । सहमतिपछि पारितका लागि बुधबारको कार्यसूची छ ।

फौजदारी अभियोग लाग्दैमा निलम्बन नहुने नियमावलीको नियम २४२ को उपनियम ३ मा रहेको व्यवस्था हटाउन उनीहरूको माग छ । ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैद हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो व्यक्ति थुनामा रहेको अवधिभर स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने प्रावधान राख्नु पर्ने उनीहरूको प्रस्तावमा उल्लेख छ ।
राजधानीबाट

Logo