काठमाडौँ

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गरेका छन् । "/>

आज कानुन दिवसः कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

आज कानुन दिवसः कामु प्रधानन्यायाधीशद्वारा शुभकामना


काठमाडौँ

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्ति, न्याय, विकास र समृद्धि हासिल गरी न्यायपूर्ण समाज स्थापनार्थ संविधान र कानून कार्यान्वयनको जिम्मेवारी प्राप्त निकाय, पदाधिकारी, सरोकारवाला लगायत न्याय र कानूनप्रेमी समस्त आम जनसमुदायलाई विधिको शासनको मर्मप्रति समर्पित भई क्रियाशील रहन यो दिवसबाट थप प्रेरणा, उर्जा र सामथ्र्य प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।”

विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सबैमा विशेष आग्रह गर्दछु, उनले भनेका छन् । कामु प्रधानन्यायाधीश जोशीले सन्देशमा भने, “कानून दिवस शुत्रपात गराएको तत्कालीन समयको सन्दर्भ र वर्तमान परिप्रेक्ष्यलाई संवैधानिक सर्वोच्चता र विधिको शासनको कसीमा नियाल्दा धेरै विषयमा हामीले सन्तोष लिने र गर्व गर्ने पक्षहरु विद्यमान रहेको छ ।”

संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको सुनिश्चिता र विधिको शासनप्रति प्रतिबद्ध प्रणालीको व्यवस्थासहित नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत नेपालको संविधान जारी गरी लागू गरेको पनि उनले सन्देशमा व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, “संविधानले परिकल्पना गरेअनुरुप स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न भएर निर्वाचनपछि सरकार समेत गठन भई सञ्चालन भइरहेको अवस्था छ, देशमा नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक एवम् विकास र वातावरणको अधिकारसहितको सामाजिक रुपमान्तरण आम जनसमुदायको चाहाना र अभिलाषा बनेको छ ।”
रासस

Logo