काठमाडौँ

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल महाधिबेशको तयारीमा जुटेका छन् । "/>

तराई केन्द्रित दल राजपा र फोरम महाधिबेशनको तयारीमा

तराई केन्द्रित दल राजपा र फोरम महाधिबेशनको तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल महाधिबेशको तयारीमा जुटेका छन् । राजपाले आगामि कात्तीक महिना सम्म पहिलो महाधिबेशन गर्ने जनाएको छ भने फोरमले आगामि माघ, फागुन तीर महाधिबेशन गर्ने तयारी गरेको फोरमका नेताहरूले जनाएका छन् ।

गत साल बैशाख ७ गते राजपा गठन गर्दा एक वर्ष भित्र महाधिबेशन गर्ने प्रतिबद्धता राजपाका नेताहरूले गरेका थिए । शुक्रवार (आज) देखि राजपा गठन भएको एक वर्ष हुदैछ । एक वर्ष भित्र महाधिबेशन गर्न नसके पछि महाधिबेशनको लागि अरू ६ महिना म्याद थप गर्ने तयारी गरिएको राजपाका महासचिव केशव झाले बताए । आगामि कात्तिक महिना सम्म महाधिबेशन गर्ने तयारी राजपाका नेताहरूले गरेका छन् ।

स्थापना दिवसको भोलीपल्ट राजपाको अध्यक्ष मण्डलको बैठक बस्ने र सो बैठकमा आगामि महाधिबेशनको तिथीबारे छलफल हुने पार्टीका नेताहरूले जनाएका थिए । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकर उपचार्थ हाल दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएकोले बैशाख ८ गते बस्ने भनिएको अध्यक्ष मण्डलको बैठक केही दिन पर सर्ने राजपाका नेताहरूले जनाएका छन् ।

यसैगरी अर्को मधेस केन्द्रित दल संघीय समाजबादी फोरम नेपाल पनि तत्कालीन संघीय समाजबादी पार्टीसँगको एकिकरण पछि आगामि माघ फागुन तीर महाधिबेशन गर्ने तयारीमा जुटेको फोरमका नेताहरूले जनाएका छन् । सरकारमा जान नपाए पछि संघीय समाजबादी फोरम नेपाल अहिले संगठन विस्तारतीर लागेको छ ।
नागरिकबाट

Logo