काठमाडौं

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश संसदमा पेस भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा प्रस्तुत गरेको अध्यादेश माथि आगामी सोमबार बस्ने बैठकमा छलफल हुनेछ । "/>

संसदमा प्रवेश पायो चिकित्सा शिक्षा अध्यादेशले

संसदमा प्रवेश पायो चिकित्सा शिक्षा अध्यादेशले


काठमाडौं

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश संसदमा पेस भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा प्रस्तुत गरेको अध्यादेश माथि आगामी सोमबार बस्ने बैठकमा छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत २४ कात्तिकमा प्रमाणीकरण भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ संघीय संसद्का दुवै सदनमा पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले सो अध्यादेश संसदमा पेस गरेका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा व्यवस्थापनका लागि दीर्घकालीन कानुन बनाउन सो अध्यादेश ल्याइएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको माग अनुसार तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । संसद विघटनको अवस्थामा अध्यादेश जारी गरिएका कारण सो अध्यादेशलाई प्रतिस्थापन गर्न संसदमा शुक्रबार पेस भएको हो ।

संघीय संसद २१ फागुनमा सुरु भएकाले चिकित्सा शिक्षा अध्यादेश आगामी २१ वैशाख भित्र पारित गरिसक्नु पर्नेछ । चिकित्सा शिक्षामा देखिएका विकृति र विसंगति अन्त्यको माग गर्दै पटक पटक अनशन बसेका डा. केसीको माग तथा माथेमा आयोगले दिएको सुझाव अनुसार अध्यादेश आएको थियो । राष्ट्रपतिले करिब ५ महिना अघि प्रमाणीकरण गरेको अध्यादेश मन्त्री पोखरेलले संसदमा पेस गरेका हुन् ।
राजधानीबाट

Logo