काठमाडौँ

आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ । "/>

को बन्ला सशस्त्रको नयाँ आईजीपी ?

को बन्ला सशस्त्रको नयाँ आईजीपी ?


काठमाडौँ

आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ । भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भए पनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्को लबिङमा छन् । विशेषगरी खनाल भन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् ।

अर्द्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिले सम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल नै एक्ला दाबेदार हुन् । सशस्त्र प्रहरीमा हाल फाजिल सहित ११ जना एआईजी छन् । जस मध्ये आईजीपी श्रेष्ठका ब्याची प्रेमकुमार शाही र प्रकाश ओझा उनीसँगै २९ चैतमा अनिवार्य अवकाशमा जाने भएकाले बिदा बसिसकेका छन् ।

वरिष्ठ दुई एआईजी शाही र ओझा बिदामा बसेकाले अहिले खनाल नै एक नम्बरका एआईजी हुन् । खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो । ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमता लगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो । त्यसबेला खनालसँगै जित बहादुर पुन पनि एआईजी बनेका थिए ।
राजधानीबाट

Logo