काठमाडौँ
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने भएको छ । प्रदेश सरकार गठनपछि विश्वासको मत लिनुपर्ने प्रावधान भएपनि यस प्रदेशमा मुख्यमन्त्री पौडेलको समर्थनमा स्वतः बहुमत भएपछि विश्वासको मत लिनु नपर्ने जनाइएको छ । "/>

मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने

मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने


काठमाडौँ
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने भएको छ । प्रदेश सरकार गठनपछि विश्वासको मत लिनुपर्ने प्रावधान भएपनि यस प्रदेशमा मुख्यमन्त्री पौडेलको समर्थनमा स्वतः बहुमत भएपछि विश्वासको मत लिनु नपर्ने जनाइएको छ । एमालेको तर्फबाट संसदीय दलको नेतामा निर्वाचित हुँदै मुख्यमन्त्री बनेका पौडेलको पक्षमा स्वतः बहुमत भएका कारण विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

२८ माघमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएका उनको कार्यकाल बुधबार (आज) महिना दिन पुरा हुनेछ । यस प्रदेशमा १ सय १० मध्ये एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५१ जना सांसदको समर्थन हुनु पर्ने प्रावधान भएपनि एमाले एकल दलको स्वतः बहुमत भएका कारण उनले विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्री स्रोतको भनार्इ छ ।

हाल यस प्रदेशमा सरकारको पक्षमा ८१ सांसद छन् । एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) को सरकार बनेका कारण एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसद सरकारको पक्षमा रहेकोले हाललाई विश्वासको मत आवश्यक नरहेको दाबी छ ।
नयाँपत्रिकाबाट

Logo