काठमाडौँ
सरकारले गरेको अध्ययनले प्रदेश– १ जलविद्युत उत्पादन क्षमतामा सवैभन्दा बलियो देखिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८७ मेगावाट देखिएकोमा त्यस मध्ये प्रदेश–१ मा सबैभन्दा बढी देखिएको हो । "/>

जलविद्युत उत्पादनमा प्रदेश–१ सबैभन्दा धेरै र २ सवैभन्दा कम सम्भावना

जलविद्युत उत्पादनमा प्रदेश–१ सबैभन्दा धेरै र २ सवैभन्दा कम सम्भावना


काठमाडौँ
सरकारले गरेको अध्ययनले प्रदेश– १ जलविद्युत उत्पादन क्षमतामा सवैभन्दा बलियो देखिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८७ मेगावाट देखिएकोमा त्यस मध्ये प्रदेश–१ मा सबैभन्दा बढी देखिएको हो । ५ हजार मिटर भन्दा साना र चुरेक्षेत्र माथिका १३ नदी बेसिनमा क्यू–४० लाई आधार मानेर गरिएको अध्ययनको आधारमा सवैभन्दा बढी उत्पादन क्षमता प्रदेश–१ र सबैभन्दा कम प्रदेश–२ मा देखिएको छ । परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटले गरेको कुल जलविद्युत क्षमता र बेसिनस्तरको क्षमतालाई आधार मानेर प्रदेशस्तरमा तथ्यांक निकाल्दा यस्तो देखिएको हो । “आयोगको कार्यादेश अनुसार नदी बेसिनको आधारमा क्यू–४० मा कुल विद्युत उत्पादन क्षमताको अध्ययन सकिएको छ, यसको प्रतिवेदन बुझाउन बाँकी छ,” परामर्शदाता कम्पनीमा टोली प्रमुख केपी दुलालले भने ।
अध्ययन अनुसार प्रदेश–१ को क्षमता २२ हजार ८ सय २० मेगावाट देखिएको छ । सो प्रदेशमा मेची नदीबाट ३५ मेगावाट, कन्काईबाट २ सय ६९ मेगावाट, कोशीबाट २२ हजार ५ सय ४ र कमला नदीबाट ११ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ । प्रदेश–२ मा भने सवैभन्दा कम विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । सो प्रदेशको ३ सय ४१ मेगावाट उत्पादन क्षमता छ । अध्ययन अनुसार वागमतीबाट ३३ मेगावाट, कमलाबाट २ सय २९, कोशीबाट ७ र वकैया नदीबाट ७२ मेगावाट उत्पादन क्षमता देखिएको छ ।

राजधानी समेत रहेको प्रदेश–३ मा १२ हजार १ सय २७ विद्युत उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । तथ्यांक अनुसार कोसीबाट ६ हजार ३ सय ६८ मेगावाट, बकैयाबाट २२ मेगावाट, कमलाबाट १५ मेगावाट, बागमतीबाट ५ सय ५५ मेगावाट र गण्डकीबाट ५ हजार १ सय ६६ मेगावाट उत्पादन क्षमता देखिएको छ । त्यसैगरी १६ हजार ५ सय ७८ मेगावाट विद्युत उत्पादन क्षमता रहेको प्रदेश–४ मा गण्डकीबाट १६ हजार ५ सय ४७ र कर्णालीबाट ३१ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार प्रदेश–५ मा भने ३ हजार ६ सय ३८ मेगावाट उत्पादन क्षमता छ । तिनाऊबाट १ सय ३३ मेगावाट, राप्तीबाट ८ सय ७७ मेगावाट, गण्डकीबाट २ हजार ४ सय २१, बबइबाट ५७ मेगावााट र कर्णाली नदीबाट १ सय ४९ मेगावाट उत्पादन क्षमता रहेको अध्ययनले देखाएको छ । १७ हजार ७ सय ९९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको प्रदेश–६ मा बबईबाट १ सय ४९ मेगावाट र कर्णालीबाट १७ हजार ६ सय ६१ मेगावाट तथा ९ हजार ६ सय ८५ मेगावाट क्षमता रहेको प्रदेश–७ मा कर्णाली ७ हजार ५ सय ६५ मेगावाट र महाकाली २ हजार १ सय २० मेगावाट क्षमता रहेको अध्ययनले देखाएको छ ।
कारोबारबाट

Logo