तेह्रथुम
वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका –८, सोल्माका ६ वटा घर जलेर नष्ट भएका छन् । "/>

वनमा लागेको डढेलो वस्तीमा पस्यो : ६ घर खरानी

वनमा लागेको डढेलो वस्तीमा पस्यो : ६ घर खरानी


तेह्रथुम
वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका –८, सोल्माका ६ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुईंटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साँढे ३ बजेबाट घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका ६ वटा घर, लत्ता कपडा, नगद र गरगहना समेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए । उनका अनुसार आगलागीबाट ४४ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी अभाव भएकाले ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । ६ वटै घरमा आगो सल्किए पछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।
नयाँपत्रिकाबाट

Logo