लामो समय टिभी हेर्नुहुन्छ ? सावधान !

लामो समय टिभी हेर्नुहुन्छ ? सावधान !


मनोरञ्जन गर्न टिभी हेरिन्छ । तर टिभी हेर्न लतले शरीरमा गंभिर असर परिरहेको हुन्छ । अमेरिकाम गरिएको एक अध्ययनले टिभी हेर्नु निकै खतरनाक हुने निस्कर्ष निकालेको छ ।
टिभी हेर्दा त्यसको प्रकाशले सोझो असर गर्ने मात्र नभई अरु विभिन्न किसिमको समस्या समेत हुने अध्ययनमा उल्लेख छ ।

टिभी हेर्ने बानी स्वास्थ्यका लागि राम्रो नहुने कुरा त धेरै पटक बाहिर आइसकेको छ । किनभने लामो समय एउटै पोजिसनमा बसिन्छ, जसले रक्तप्रवाह राम्ररी हुन पाउँदैन । शरीर निस्क्रिय हुन्छ । टिभी हेरिरहेको बखत स्न्याक्स लगायत खानेकुरा चपाइरहने बानी हुन्छ, जसले ओभरडाइटिङको समस्या हुन्छ । टेलिभिजनको प्रकाशले आँखाको ज्योतिमा आसर पुग्छ । अल्छीपन बढ्छ ।

तर यो भन्दा पनि अरु समस्या जटिल देखिएको छ । लगातार टिभी हेरिरहँदा हात, गोडा र फोक्सोको नशामा ब्लड क्लोटिङको समस्या हून्छ जसलाई भिनस थ्रोम्बोइम्बोलिज्म भनिन्छ । यसका साथै लामो समयसम्म टिभी हेर्दा मुटुसम्वन्धी रोगको पनि सम्भावना बढ्छ ।

हालै ४५ देखि ६४ वर्ष उमेर समुहका १५ हजार एक सय ५८ मानिसहरुमा सर्भेक्षण गरिएको थियो, जसमा टिभी धेरै हेर्नेहरुमा नहेर्नेको तुलनामा हेर्नेमा भिनस थ्रोम्बोइम्बोलिज्मको सम्भावना १७ गुणा बढि हुन्छ ।

Logo