काठमाडौं
सरकारले मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) को नागरिकता शंकास्पद भएको भन्दै छानबिन थालेको छ । "/>

दीपक मनाङेको नागरिकताबारे छानबिन सुरु

दीपक मनाङेको नागरिकताबारे छानबिन सुरु


काठमाडौं
सरकारले मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) को नागरिकता शंकास्पद भएको भन्दै छानबिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई मनाङेको नागरिकता शंकास्पद भएकाले छानबिन गर्न निर्देशन दिएपछि उनको नागरिकता सम्बन्धमा छानबिन थालिएको हो ।

मनाङबाट प्रदेशसभाको सांसद जिते पनि सर्वोच्च अदालतले उनलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजायँको फैसला सुनाएपछि उनी निलम्बित छन् । ज्यान मुद्दामा सजायँ भोग्नु पर्ने अवस्थामा रहेका उनको नागरिकता पनि शंकास्पद देखिएको भन्दै छानबिन थालिएको हो ।

मनाङेले ०४६ साल १ चैतमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए । उनको नागरिकता नम्बर नै दुई वटा छ । काठमाडौं जिल्ला प्रशासनले उनको नागरिकतामा २७५०/२६२९ र ४२१२/५३२९ नम्बर राखेर नागरिकता जारी गरेको पाइएको छ । दुई वटा नागरिकता नम्बर पाइएपछि छानबिन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Logo