#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21385143764067645334614167730
नेपाल26019102871617201

जगदम्बाको जगशक्ति गोल्ड टिमएटी बजारमा

जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ।

राजधानीमा बिहीबार आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्वजनिक गरेका हुन् ।

कम्पनीले यो उत्पादनको सद्भावना दूतमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे।

उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ। कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दावी गरेको छ । जगशक्ति टिएमटी गोल्डलाइ निर्माण कार्यमा प्रयाग गर्दा कंक्रिटले अत्याधिक ढबाब सहने क्षमता राख्दछ। खिया प्रतिरोधात्मक यस छडमा उत्कृष्ट वेल्डिंग क्षमता छ।

कम्पनीका अनुसार यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ। यस छडमा कार्वन, सल्फर र फस्फोरसको मात्रा कम हुन्छ। जसले गर्दा स्टिल सुरक्षित रहन्छ र भविष्यमा भूकम्पका धक्काको प्रतिरोध गर्न सक्दछ। यस छडलाइ पुल,  बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनाहरूमा प्रयोग गर्न सकिने जनाएको छ ।

सम्बन्धित समाचारहरु