काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिंदै गर्दा उमेदवारहरुले चुनावी प्रचारप्रसार तिब्र बनाएका छन् ।
वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानले आफ्नो समूह लिएर चुनावी प्रचार प्रसारका लागि जनकपुर पुगेका छन् । प्रधानको चुनावी टोली आजै जनकपुर पुगेको हो । महासंघको निर्वाचन आगामी मंशिर १३ गते हुदैछ । सोही निर्वाचनका लागि प्रधानले प्रचार प्रसारलाई तिब्र बनाएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उमेदवार दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षका उमेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो । एसोसियट उपाध्यक्षका उमेदवार शौरभ ज्योति भने कोरोना पोजेटिभका कारण उपचारकै क्रममा रहेका छन् । प्रधानको चुनावी टोली जनकपुरबाट बुटवल हुँदै काठमाडौँ फर्कने भएको छ ।
प्रतिक्रिया