काठमाडौं, ३, माघ
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । "/>

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल


काठमाडौं, ३, माघ
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । आयोगद्वारा हिजो आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले माघ २४ गते हुने सो निर्वाचनका विविध पक्ष माथि जानकारी गराए। निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता छन् । बैठकपछि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको सङ्क्षिप्त प्रतिक्रिया दिए।

उनले भने, “सरकारले संविधान र कानून अनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने नै छ। अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु।” बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको सञ्चारकर्मीलाई बताए।
रासस

Logo