आयोग र प्रमुख पाँच दलका नेताहरुबीच भेटवार्ता हुँदै

आयोग र प्रमुख पाँच दलका नेताहरुबीच भेटवार्ता हुँदै


काठमाडौं, २ माघ ।

निर्वाचन आयोग र प्रमुख पाँच दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ ।

आयोगले दिएको जानकारी अनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल हुनेछ । आयोगले यस विषयमा छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको जनाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ ।

तर, प्रदेश प्रमुख नतोकिादा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन । ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगको चेतावनी छ ।

Logo