तुलसीपुर ,२८,पुस
वि.सं. ०१३ साल देखि सुरु भएको तुलसीपुर टरीगाउँको विमान सेवा पांचौं पटक आइतबारबाट सुरु भयो । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले ठेक्कामा चलाएको गोमा एयरको सेवाको विमान कम्पनी आफ्नै स्वामित्वमा चल्न नमान्दा हवाइ सेवा बन्द भएको थियो । "/>

तुलसीपुरमा हवाइसेवा नियमित हुनेमा आशंका

तुलसीपुरमा हवाइसेवा नियमित हुनेमा आशंका


तुलसीपुर ,२८,पुस
वि.सं. ०१३ साल देखि सुरु भएको तुलसीपुर टरीगाउँको विमान सेवा पांचौं पटक आइतबारबाट सुरु भयो । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले ठेक्कामा चलाएको गोमा एयरको सेवाको विमान कम्पनी आफ्नै स्वामित्वमा चल्न नमान्दा हवाइ सेवा बन्द भएको थियो । अहिले उपमहानगरपालिकाले अर्को कम्पनीलाई यस्तै ठेक्कामा विमान सेवा सञ्चालनको संझौता गरेको हो ।

जिल्लावासीहरू यो हवाइ सेवा पनि नियमित हुनेमा विश्वस्त देखिन सकेका छैनन् । जिल्लावासीहरूले यहाँको विमानस्थल र हवाइसेवाको इतिहासलाई नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले सम्बोधन गर्नु पर्ने बताउँछन् । स्थानीयहरूले भाडा केही महँगो भएको गुनासो गरेका छन् । “एउटा निरन्तरताको पक्ष हो, अर्को कुरा भनेको भाडा केही महँगो भएको हामीले महसुस गरेका छौं”—तुलसीपुर उपमहानगरपालिका—५ का युवा व्यवसायी विनिल केसीले भने । उनी जस्तै धेरै राप्तीवासीहरूले यही अपेक्षा गरिरहेका छन् ।
पछिल्लो समय तुलसीपुरमा सञ्चालनमा आउन थालेको विमान कम्पनीले एयरपोर्ट ट्याक्स सहित दाङ—काठमाडौंको भाडादर ६ हजार ८ सय देखि ७ हजार २ सय रुपैंया तोकिएको छ । तर नेपालगञ्जबाट भने न्यूनतम ५ हजार रुपैंयामै विभिन्न विमान कम्पनीहरूले काठमाडौं सम्म हवाइसेवा दिने गरेका छन् । दूरी र सुरक्षाको हिसाबले पनि काठमाडौंबाट दाङका लागि हवाइ सेवाको भाडा कम हुनु पर्ने जिल्लावासीहरूले पटक पटक माग गर्दै आएका छन् ।
कारोबारबाट

Logo