काठमाडौं,६, पुस
निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरि नसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ । "/>

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त


काठमाडौं,६, पुस
निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरि नसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ । दलहरूबीच कुरा नमिलेका कारण सरकार गठनमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला आयोग भने मत प्रमाणीकरण गर्नमै व्यस्त छ । आयोगले निर्वाचन भएको १५ दिन बिति सक्दा समेत समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छैन ।
आयोगका प्रवक्ता नवराज ढकालले सबै जिल्लाबाट निर्वाचन अधिकृतहरूको हस्ताक्षर भएको कागज आइसकेको बताए । मतदान अधिकृतको हस्ताक्षर सहितको मत र यसअघि तथ्यांकमा राखिएको मत विवरण प्रमाणित गर्न आयोग व्यस्त रहेको उनले बताए । ‘आयोगले नियमित काम गरिरहेको छ । जिल्लाबाट आइसक्यो, टेबुलेसन गर्दैछ,’ प्रवक्ता ढकालले भने, ‘सबै भेरिफाई गर्नुपर्ने हुन्छ । आयोगलाई ढिला गरेर के फाइदा छ र ?’ समानुपातिकतर्फ सबै मतगणनाको तथ्यांक प्रमाणित गर्न अझै तीन /चार दिन लाग्न सक्ने उनले बताए । ‘यत्ति दिन लाग्छ भन्ने अनुमान गर्न गाह्रो छ । तीन /चार दिन लाग्ला,’ ढकालले भने ।
नागरिकबाट

Logo