काठमाडौँ, ५, पुस
सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । "/>

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी


काठमाडौँ, ५, पुस
सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए । ‘प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसद समेटेर वरीयता क्रम तोकिएका छन् । मस्यौदा अब बस्ने मन्त्रिपरिषद बैठकमा पेस हुनेछ, त्यसपछि कार्यान्वयनको चरणमा आउला,’ उनले भने । वरीयता क्रमको सबैभन्दा माथिल्लो सूचीमा प्रदेश प्रमुखलाई राखिएको छ । प्रदेश प्रमुख संघीय संसद्को सभामुखसरह रहनेछन् । समग्र सूचीमा संघीय संसद्का सभामुख वरीयता क्रमको पाँचौँ स्थानमा रहन्छन् ।

प्रदेशमा वरीयता क्रमको दोस्रो सूचीमा मुख्यमन्त्री राखिएका छन् । मुख्यमन्त्री केन्द्रको उपप्रधानमन्त्रीसरह रहनेछन् । समग्र सूचीमा उपप्रधानमन्त्रीको वरीयता छैटौँ स्थानमा छ । वरीयता क्रमको तेस्रो सूचीमा प्रदेशमन्त्री राखिएका छन् । प्रदेशमन्त्रीको वरीयता क्रम संघीय सरकारको राज्यमन्त्री सरह हुनेछ । समग्र सूचीमा राज्यमन्त्रीको वरीयता क्रम आठौँ स्थानमा छ । प्रदेश सभाका संसद्को वरीयता क्रम भने संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद सचिवालयका महासचिवसरह राखिएका छन् ।
नयाँपत्रिकाबाट

Logo