नेकपा विवाद झन् चुलियो, प्रचण्डद्वारा ‘अनौपचारिक’ सचिवालय बैठक आव्हान

नेकपा विवाद झन् चुलियो, प्रचण्डद्वारा ‘अनौपचारिक’ सचिवालय बैठक आव्हान


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद थप उत्कर्षमा पुगेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिवार भएको छलफल पनि निष्कर्षविहिन भएपछि विवाद चुलिएको हो ।

अध्यक्ष दाहालले आज अनौपचारिक सचिवालय बैठक बोलाएका छन् । शुक्रवार दिउँसो तीन बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाएको बुझिएको छ । प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे ब्रिफिङ गर्न प्रचण्डले सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन् ।

यता प्रधानमन्त्री ओली निकट सचिवालय सदस्यहरुलाई भने बैठकका बारेमा कुनै जानकारी नआएको बताइएको छ।

कर्णालीमा प्रदेशको विवाद, भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलको सँग प्रधानमन्त्रीले गरेको भेट, मन्त्रिमण्डल हेरफेर लगायत विषयलाई लिएर नेकपामा विवाद सिर्जना भएको हो।

Logo