नवलपरासी, २५ मंसिर
नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् । "/>

नवलपरासीमा काँग्रेस महामन्त्री कोइराला विजयी

नवलपरासीमा काँग्रेस महामन्त्री कोइराला विजयी


नवलपरासी, २५ मंसिर
नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरे । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका थिए । यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा (एमाले) का उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।
रासस

Logo