काठमाडौं , २७, कात्तिक
एमाले महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी बीच चुनावपछि मात्र पार्टी एकता हुने बताएका छन् । "/>

चुनावपछि मात्र एमाले -माओवादी बीच पार्टी एकता -पोखरेल

चुनावपछि मात्र एमाले -माओवादी बीच पार्टी एकता -पोखरेल


काठमाडौं , २७, कात्तिक
एमाले महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी बीच चुनावपछि मात्र पार्टी एकता हुने बताएका छन् । आइतबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै एकताको खाका तयार भइसकेको भन्दै पोखरेलले चुनावपछि नै एकता हुने प्रष्ट पारे। ‘विगतमा कार्यनीतिक बाटोमा मेल नभए पनि अहिले दुई पार्टी बीचका मुद्दाहरु मिलिसकेका छन्, चुनाव लगत्तै एकताको प्रक्रिया अगाडि बढ्छ’, नेता पोखरेलले भने।
उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए। एमाले–माओवादी बीचको एकताको विरोध गर्नु भन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुने पोखरेलको भनाइ छ। पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा आफू सहजै विजयी हुने दाबी गरे । पोखरेलले काठमाडौं ५ मा विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए।
अन्नपूर्णबाट

Logo