दाङ ,२३, कात्तिक

नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । "/>

कृष्णबहादुर महराको घरमा कालो झण्डा !

कृष्णबहादुर महराको घरमा कालो झण्डा !


दाङ ,२३, कात्तिक

नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ । पार्टीको जारी चुनाव खारेज अभियान अन्तर्तगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी नारा लेखिएको व्यानर र कालो झण्डा गाडिएको छ । चुनाव प्रचारको क्रममा नेता महरा पनि दाङमै छन् । त्यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि कालो झण्डा गाडेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत उम्मेदवारको घरमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo