गोरखा,२, कार्तिक

कांग्रेसलाई जरै देखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के छ ?

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । "/>

बाबुरामलाई गोरखा–२ छोड्न कांग्रेस नेताहरु नै अनिच्छुक

बाबुरामलाई गोरखा–२ छोड्न कांग्रेस नेताहरु नै अनिच्छुक


गोरखा,२, कार्तिक

कांग्रेसलाई जरै देखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के छ ?

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । कांग्रेस पदाधिकारी र कार्यकर्ताले भट्टराइलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गर्न थालेका छन् । ‘कांग्रेसलाई जरै देखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका छन्’, कांग्रेसका एक नेताले भने, ‘भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के छ ?

जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ । दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमाले भन्दा अगाडि छ ।
नागरिकबाट

Logo