काठमाडौँ, ३१, असोज
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । "/>

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सबै मिलेर सम्पन्न गरौंः राष्ट्रपति

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सबै मिलेर सम्पन्न गरौंः राष्ट्रपति


काठमाडौँ, ३१, असोज
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । दीपावली तथा छठ पर्वका अवसरमा मंगलबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन लाग्नुपर्ने बताएकी हुन्। राष्ट्रपतिसँगको भेटमा सहभागी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गर्नुभएको र पार्टीहरुबीचको एकता हुँदै गरेको सन्दर्भलाई उनले लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिएको बताए। कार्यक्रममा नौ दलका नेताहरु सम्मिलित थिए।
रासस

 

Logo