काठमाडौं , असोज,२५
स्थानिय निर्वाचनमा निकै चर्चा पाएको भरतपुर महानगरपालिकाले फेरि चर्चा पाएको छ । विषय हो महानगरपालिकामा पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् । "/>

एमाले परित्याग गर्दै भरतपुरका पराजित मेयर देवी ज्ञवाली

एमाले परित्याग गर्दै भरतपुरका पराजित मेयर देवी ज्ञवाली


काठमाडौं , असोज,२५
स्थानिय निर्वाचनमा निकै चर्चा पाएको भरतपुर महानगरपालिकाले फेरि चर्चा पाएको छ । विषय हो महानगरपालिकामा पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् । एमाले र माओवादी केन्द्र बीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग प्रचण्डसँग एउटै पार्टीमा बस्न नसक्ने सुनाएका छन् ।

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नु भन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’ प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् ।

Logo