मस्कट, ओमन, १०, असोज
प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ द अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हँुदै हिजो ओमन पुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । "/>

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर


मस्कट, ओमन, १०, असोज
प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ द अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हँुदै हिजो ओमन पुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ । उनलाई हिजो साँझ मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल–सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली लगायत उच्च अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले हिजै रात्रिभोजको आयोजना गरेको छ । मंगलबार र बुधबार ओमनमा उनको उच्चस्तरीय भेटवार्ता हुने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री देउवाले मङ्गलबार खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका निजी सचिव बद्री तिवारीले जानकारी दिए । महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
रासस

Logo