अंकलदेखि नोकरसम्मले यौनशोषण गरेका यी ९ सेलिब्रेटी

अंकलदेखि नोकरसम्मले यौनशोषण गरेका यी ९ सेलिब्रेटी


एजेन्सी : अभिनेता अक्षय कुमारले भर्खरै मानव बेचबिखन सम्बन्धी सम्मेलनका दौरान आफुमाथि कुनै समय यौन दुर्व्यवहार भएको खुलासा गरे । उनका अनुसार बाल्यकालमा लिफ्टमा उनीमाथि यौन दुर्व्यवहार भएको थियो ।

जब उनी बच्चा दिए तब लिफ्टम्यानले उनलाई खराब नियतले छुने प्रयास गरे । उनले यस विषयमा आफ्ना बाबु-आमालाई भने । त्यसको केही समयमै यस्ता थुप्रै घटनामा दोषी पाइएका यी व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो ।

अक्षयमात्रै नभएर त्यस्ता थुप्रै चर्चित अनुहार छन् । जो यौनदुर्व्यवहारदेखि बलात्करसम्मको शिकार भएका छन् । दैनिक भास्कर डटकमले त्यस्ता सेलिब्रेटीबारे चर्चा गरेको छ ।

ब्रिटिश अभिनेत्री तथा मोडल सोफिया हयाताले गत वर्ष ट्वीटरमार्फत आफुमाथि भएको यौन दुर्व्यवहारको खुलासा गरेकी थिइन् । उनले १० वर्षकै उमेरै आफुमाथि यौनदुर्व्यहार भएको बताएकी छिन् । उनले आफु बच्चै छँदा आफ्ना अंकलले नै बलात्कार गरेको खुलासा गरेकी छिन् । 

कुनै समय सलमान खानकी प्रेमिका रहेकी अभिनेत्री सोमी अलीले एक अन्तरवार्ताका दौरान आफुमाथि यौन शोषण भएको खुलासा गरेकी छिन् । ५ वर्षको छँदै घरका एक नोकरले आफुमाथि यौन शोषण गरेको उनको भनाइ छ ।

किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स

सोनम कपुरले आफुमाथि बाल्यकालमा यौन शोषण भएको बताएकी छिन् । उनले फिल्म हेर्न जाँदा एक व्यक्तिले गलत नियतले छोएको स्मरण गरिन् । त्यतिबेला उनी स्कुलका विद्यार्थीहरुसँगै रातीको समयमा फिल्म हेर्न गएकी थिइन् । कसले छोयो भन्ने उनलाई थाहा भएन । यस विषयमा शिक्षकहरुलाई भनिन् । उनीहरुले बलात्कार यौनशोषण भएपनि त्यसरी छुनु यौन शोषण नभएको प्रतिक्रिया दिए ।

किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स

बिन्दास अभिनेत्री भनेर चिनिएकी कल्की पनि बाल्यकालमा यौन शोषणको शिकार भएकी थिइन् । उनले यस विषयमा धेरै मुख खोल्न भने चाहिनन् । ‘म मेरो कहानी सुनाएर कसैको सहानुभूति बटुल्न चाहन्न । तर मेरो  यो मेरो जीवनको खराब घटना हो । म लामो समय यौन शोषणमा परे,’ एक अन्तरवार्ताका क्रममा उनले भनेकी छिन् ।

किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स

फिल्म मेकर अनुराग कपुरले पनि आफु ११ वर्षको छदाँ यौन शोषणमा परेको बताएका छन् । उनले त्यस्तो खराब हर्कत गर्ने व्यक्तिलाई आफुले माफी दिइसकेको बताए ।

किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स 

पन्डित रवि शंकरकी छोरी तथा प्रसिद्ध सितार वादक अनुष्का शकंर पनि यस्तै अवस्थाबाट गुज्रिएकी थिइन् । अनुष्काले एक अन्तरवार्ताका दौरान बाल्यकालमा यौन उत्पीडनको शिकार भएको बताएकी छिन् । परिवारसँग नजिकको सम्बन्ध रहेको व्यक्तिले यस्तो खराब हर्कत गरेका कारण लामो समयसम्म यस विषयमा उनले मुख नसकेको उनले बताइन् ।

किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स

चर्चित गायिका लेडी गागा पनि यस्तै अवस्थाबाट गुज्रिएकी छिन् । एक अन्तरवार्ताका दौरान उनले १९ वर्षको उमेरमा आफुमाथि यौन शोषण भएको बताएकी छिन् । यस समय उनी निकै स्तब्ध भएकी थिइन् । उनको गीत स्वाइन यही विषयवस्तुमा आधारित छ ।किसी के अंकल तो किसी के नौकर ने किया रेप, जब मोलेस्ट हुए 9 सेलेब्स

पप स्टार म्याडोनालाई एक अपरिचितले बलात्कार गरेका थिए । यो उनको करियरको सुरुवाती समयको घटना थियो । यस घटनापछि उनी निकै डराएकी थिइन् । वर्षौपछि उनले यसको खुलासा गरिन् ।

 

 

 

Logo