अनमोल र सुहाना रोमान्टिक मुडमा

अनमोल केसी स्टार चलचित्र ‘ए मेरो हजुर–३’ को गीत सार्वजनिक भएको छ । ‘जीन्दगी नै भन्दिन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

सुगम पोखरेल र प्रबिशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीले शब्द र आशिष अबिरलले संगीत भरेका छन् । उक्त गीतमा चलचित्रको मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् ।

चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सुहानाले यहि चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रलाई उनको श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ‘ए मेरो हजुर–३’ चैत्र २९ गते देखि देशभर प्रदर्शन हुँदैछ ।