जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

भोजपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । भोजपुर, ट्याम्केमैयुम गाउँपालिका १ खम्बुखाका ५२ वर्षीय गजे भनिने गजबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर जिल्ला अदालतले २०५९ चैत्र ९ गते जबरजस्ती करणी मुद्दामा ३ बर्ष ३ महिना कैद सजाय तोकेको थियो । उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएका प्रहरी टोलीले ट्याम्केमैयुमकै १ स्थित जंगलमा रहेको गोठमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईलाई कैद भुक्तानको लागि कारागार कार्यालय भोजपुर चलान गरिएको छ ।