कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै


सरकारले गरेकाे प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आज (शनिबार) देशभर विरोध प्रदर्शन गर्दैछ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै तेस्रो चरणको आन्दोलन अन्तर्गत कांग्रेसले आज ७७ वटै जिल्लाकाे सदरमुकाममा प्रदर्शन गर्दैछ । आजको विरोध प्रदर्शन कार्यक्रममा शुभेच्छुक संस्थाहरुको सक्रिय सहभागिता रहने कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सबै शुभेच्छुक संस्थाहरूले प्रदर्शनको तयारी गरेका छन्  । काठमाडाैँ उपत्यकामा मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएकाे छ।

 

Logo