सुनको मूल्य घट्यो, कति छ आज ?

सुनको मूल्य घट्यो, कति छ आज ?


साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य सामान्यरुपले घटेको छ । सुन आज २ सय रुपैंयाँले घटेको हो । आइतबार ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । शुक्रबार १ हजार १ सयले घट्दै प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ४ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैंयाँ रहेको छ । यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ३१५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo