#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145328053486244361506482268
नेपाल157843492036547

आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गतेबाट

आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गतेबाट हुने भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को बोर्ड बैठकले प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो  ।नेपालगञ्जस्थित रंगशालामा बन्न लागेको भिआईपी प्याराफिट बन्न समय लाग्ने भएपछि प्रतियोगिताको मिति अन्योलमा थियो ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । सदस्य सचिव केशवकुमार विष्टले पछिल्लो समय एक कार्यक्रममा बोल्दै प्रतियोगिताको चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

अब चैत २५ गते भित्र सम्पूर्ण निर्माण कार्य सकिने राखेपले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार