कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा?

कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा?


नेपाली कांग्रेसको पदाधिकारी बैठक विहिबार बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउसो २ बजेका लागि पदाधिकारी बैठक  बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा बस्ने आजको बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कांग्रेसको भूमिकाका बारे छलफल गरिने बताइएको छ । 

समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

सभापति देउवाले बुधबार चितवनको एक कार्यक्रममा कांग्रेसले पदको लोभ नदेखाएको तर परि आए पछि नहट्ने अभिव्यक्ति दिएका थिए । आजको बैठकमा यो विषयमा पनि छलफल हुने बताइएको छ । 

Logo