२२ तोला सुनसहित एक जना पक्राउ

२२ तोला सुनसहित एक जना पक्राउ


चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित प्रकाउ गरेकाे हाे । सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त सुनको सिक्रीसहित पक्राउ गरेको प्रहरीेले जनाएकाे छ । 

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Logo