केन्द्रबिन्दु बुलेटिन : केही दिनमै सरकार ढल्छ ! : प्रचण्ड (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : केही दिनमै सरकार ढल्छ ! : प्रचण्ड (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा बोल्दै उनले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको स्पष्ट पारे। यस्तै सोहि अन्तक्र्रियामा एमाले नेता माधव नेपालले पार्टीभित्र आफ्ना लागि ढोका बन्द गरिएको गुनासो गरेका छन्। 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रममार्फत स्वरोजगार कार्यक्रम सुरु गरेको हो । कोषले स्थानीय तहबाट ३.५ प्रतिशत व्याजमा ऋण लिएर कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाखका दरले ३.२ प्रतिशतमा व्याजमा ऋण उपलब्ध गराउनेछ । 

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाउन पनि सुुझाव दिएको हो । 
आयोगले प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी तोक्दा प्रमुखभन्दा एक तह मुनिको पदाधिकारीलाई तोक्ने व्यवस्था गर्न समेत सुझाव दिएको छ । 

बाङ्ग्लादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक प्रदर्शन भएका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको बिबिसी बाङ्गलाले जनाएको छ।

बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका आइपुगेका हुन्। एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोध प्रदर्शनको कार्यक्रम राख्नुका साथै आइतबार हडताल आह्वान गरेको छ।  

युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गरेका छन् । आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिडन्त गर्दैछन् । । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी भएको बताइएको छ । 

भिडियाे :

 

Logo