सरकार र थारुवान संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी

सरकार र थारुवान संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी


सरकार र थारुवान संघर्ष समितिबीच आज वार्ता जारी छ। सरकारी वार्ता  टोली र थारुवान संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठित सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी छन्।

यस्तै थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीले अहिले वार्ता गरिरहेको हो । 

थारुवान संघर्ष समितिले टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरीलगायतमाथि रहेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनु पर्ने लगायतका १९ बुँदे माग राखेको छ । आज यसै विषयमा छलफल भइरहेको हो।

Logo