अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माणको कार्य सुचारु

अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माणको कार्य सुचारु


जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो । स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य सुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताए । तर पनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गाईंको भनाइ छ । 

जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०÷७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मिटरको चौडा हुनेछ । जसमा दुई–दुई मिटर फुटपाथ रहनेछ भने सडकको भाग १८ मिटर रहनेछ । कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड मध्ये चाबिहलदेखि जोरपाटी बागमती पुलसम्मको सडक कालोपत्रे भइसकेको छ । 

Logo