भोलिदेखि भारत र आन्तरिक उडान बन्द

भोलिदेखि भारत र आन्तरिक उडान बन्द


सरकारले आन्तरिक हवाई उडान साेमबार मध्यरातिदेखि बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने  निर्णय गरेकाे छ । तर राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हाे । 

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने अरु अन्तर्राष्ट्रिय उडान भने २२ गतेसम्म मापदण्ड पूरा गरेर कायम राखिनेछ । 

Logo