काभ्रेमा आज ४१ जना नयाँ संक्रमित थपिए, कूल संख्या ७६८ पुग्यो

काभ्रेमा आज ४१ जना नयाँ संक्रमित थपिए, कूल संख्या ७६८ पुग्यो


काभ्रे ।

काभ्रे जिल्लामा आज ४१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ७६८ पुगेको छ । जस मध्ये ४५५ जना निको भएका छन् ।

जिल्लामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ११ जना, पनौतीका ३ जना, बनेपाका १०, पाँचखालका १७ जना रहेका छन् ।

Logo