नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड, दशैंमा ‘तिमी काठमाडौं’ को लिएर आउँदै

नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड, दशैंमा ‘तिमी काठमाडौं’ को लिएर आउँदै


काठमाडौं । नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड दशैंमा आफ्नो नयाँ प्रस्तुती लिएर आउने भएका छन् । उनको गायन रहेको ‘तिमी काठमाडौंको’ यही दशैंमा रिलिज हुने भएको हो । मन्दिप राज घिमिरे र जानवी बस्नेतको मुख्य अभिनय रहेको यस म्यूजिक भिडियोमा सुरेश पाण्डेले निर्देशन गरेका छन् भने राजेन्द्र त्रिपाठी निर्माता रहेका छन् ।

रविको स्वर रहेको यस भिडियोमा शब्द संयोजन राजेन्द्र त्रिपाठीले गरेका छन् भने संगीत बब्लु गिरीको रहेको छ । सगुन फिल्मस् प्रोडक्सनद्धारा प्रस्तुत यस म्यूजिक भिडियोबाट दर्शकहरुले भरपूर मनोरञ्जन लिने अपेक्षा गरिएको छ ।

Logo