नेपाल-ओमानबीच छिट्टै श्रम सम्झौता हुने

नेपाल-ओमानबीच छिट्टै श्रम सम्झौता हुने


काठमाडौं ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरिएको छ । दुवै पक्षले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए ।

राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएकी थिइन्।रासस

Logo