मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्षबीच भेटवार्तादेखि अमेरिकी राष्ट्रपतिमा ट्रम्पभन्दा बाइडन अगाडिसम्म (भिडियोसहित)

मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्षबीच भेटवार्तादेखि अमेरिकी राष्ट्रपतिमा ट्रम्पभन्दा बाइडन अगाडिसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भएको हो । कुन मन्त्री हटाउने र कसलाई राख्ने भन्नेबारे प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गरेका थिए ।

त्यस्तै नेपाल–चीन बीचको रसुवागढी नाकाबाट दैनिक ५ कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । नेपालमा कोरोना भाइरस संक्रमण देखा पर्नु अघिदेखि नै बन्द अवस्थामा रहेको नाकाबाट दैनिक ५ कन्टेनर गत बुधबारदेखि नेपाल प्रवेश गर्न लागेका हुन् ।

घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । खाडी मुलुकमा श्रमिकहरु सधैं जोखिममा रहने भएकाले सांसदहरुले उनीहरुले गर्ने काम र सेवा सुविधा पारदर्शी हुनुपर्ने र आफ्नो पासपोर्ट आफैसँग राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

त्यस्तैगरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि नागरिकहरुले सरकारसँग अपिल गरेका छन् । आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ३३ जना नागरिकहरुले सरकार समक्ष डा. केसीको जीवन रक्षाको लागि अपिल गरेका हुन् ।

अमेरिकी राष्ट्रपति पदका लागि अब हुने निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन् । बीबीसीमा प्रकाशित समाचार विवरणलाई हेर्दा अहिलेसम्मको मतसर्वेक्षणमा डेमोक्र्याटिक पार्टीका जो बाइडन रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रप्म्पभन्दा बलियो देखिएका हुन् । अमेरिकामा आगामी नाभेम्बर ३ मा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo